काठमाडौं पुगेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटका क्रममा कोशीका मुख्यमन्त्री केदार कार्की।
काठमाडौं– नेकपा (एमाले) ले कोशी प्रदेश सरकारमा जाने तयारी गरेको छ। एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले हिजो (शनिबार)सम्म सरकार एमालेसहितको बन्ने कुरा भएको र आइतबार मुख्यमन्त्रीसँग थप छलफल हुने बताए।
उनले सरकारमा कसलाई पठाउने भन्नेबारे मुख्यमन्त्री केदार कार्कीसँग सामान्य छलफल भएको र थप काठमाडौंबाट फर्किएपछि हुने अनि दलले निर्णय लिने भण्डारीले बताए।
‘मुख्यमन्त्री काठमाडौ जानुभएकाले छलफल हुन सकेको छैन,’ भण्डारीले भने, ‘अहिले फर्केपछि छलफल हुन्छ। मन्त्रीको नाम तयार नै छलफलपछि सरकार विस्तार हुन्छ।’
एमाले स्रोतका अनुसार इलामका रामबहादुर रानालाई सरकारमा पठाउने तयारी छ। काग्रेसले पनि इलामकै शमशेर राईलाई मन्त्री बनाउने तयारी गरेको छ।
नेपाली कांग्रेसका ८ सांसदले सत्ता गठबन्धनवाट विद्रोह गर्दै कार्कीलाई सर्मथन गरेका थिए। तर मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा माओवादी सहितका दलहरू सहभागी हुने भए भने आफूहरू सरकारमा नजान पनि सक्ने भण्डारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।