काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली सेनामाथि चलखेल गरेको भन्दै आपत्ति जनाएका छन्। डा कोइरालाले सेना प्रमुख बनाउनका लागि पूर्व माओवादी लडाकुलाई नियमको दुरुपयोग गर्न लागेको भन्दै आपत्ति जनाएका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत डा कोइरालाले भनेका छन्, ‘नेपाली सेना जस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन।’
उनले सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगर्न सचेत गराउँदै सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का राख्न अनुरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।