काठमाडौं– शनिबार भक्तपुरको दरबार स्क्वायरमा रक्षा क्यान्सर केयर सोसाइटीले स्तन क्यान्सरसम्बन्धी सचेतना र्याली निकालेको छ।
वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य तथा वरिष्ठ गायिका मिरा राणाले संयुक्त रुपमा उद्घाटन गरेको र्यालीमा करिब ४ सय जना सहभागी थिए।
उक्त र्याली दरबार स्क्वायरबाट दत्तात्राय हुँदै पाच तले मन्दिरमा विशेष कार्यक्रम गरी समापन गरिएको थियो।
रक्षा क्यान्सर केयर सोसाइटीका अध्यक्ष डा सृष्टी श्रेष्ठ प्रजापतिले क्यान्सर जीवनको पूर्णबिराम नभई क्यान्सर पछिको जीवन पुनर्जीवन रहेको बताइन्।
1697292639.jpg)
उनले समयमा नै क्यान्सर पत्ता लागे र सही उपचार भएमा यो पूर्ण रुपमा निको हुने बताइन्। क्यान्सर रोग विश्वमा नै बढ्दै गैरहेको र स्तन क्यान्सर पहिलो स्थानमा रहेको उनको भनाइ थियो।
त्यसैले यसबाट बच्न र सचेतना जगाउन र्यालीको आयोजना गरिएको उनले बताइन्। वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुच नभएको र जन चेतना नभएको कारण ज्यान गुमाउनु परेको बताए।
1697292638.jpg)
यस्ता सन्देश विभिन्न मिडियाबाट गाउँ घर र संसारको कुना काप्चामा पुर्याउन सके समयमा नै उपचार हुने र निको हुने उनको भनाइ थियो।
वरिष्ठ गायिका मिरा रानाले आफूलाई पनि स्तन क्यान्सर भएको र बेलायतबाट उपचार पश्चात भर्खरै नेपाल फर्केको बताइन्। उनले आफूलाई पनि स्तन क्यान्सर भएकोले यो सचेतना र्याली आफ्नो अभिन्न कार्यक्रम रहेको बताइन्।
1697292638.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।