काठमाडाैं- काेशी प्रदेशकाे विवादमा सभापति शेरबहादुर देउवा र गठबन्धनसँग विद्राेह गरेका नेपाली कांग्रेसका नेता शेखर काेइरालाले गठबन्धन कमजाेर हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार बिहान बसेकाे बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र देउवाबीच गठबन्धन कमजोर हुन नदिने सहमति भएकाे हाे।
बैठकपछि तीनै नेताले हस्ताक्षर गर्दै भनेका छन्, 'हामी वर्तमान गठबन्धनप्रति दृढ र स्पष्ट छाैँ, याे गठबन्धनलाई कुनै पनि हालतमा कमजाेर हुन दिने छैनाैँ।'
गठबन्धनले काेशी प्रदेशमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि काेइराला समूह असन्तुष्ट बनेकाे थियाे। उक्त निर्णयविरूद्ध काेइरालाले काेशीमा ८ जना सांसदसहित एमालेकाे समर्थनमा केदार कार्कीलाई मुख्यमन्त्रीमा अघि सारेकाे थियाे। शुक्रबार सहमतिका लागि डाकिएकाे बैठकमा समेत काेइराला अनुपस्थित भएका थिए।
शनिबार कार्की एमालेका ३९ सहित ४७ सांसद जुटाएर मुख्यमन्त्री नियुक्त भएका छन्।
कार्की मुख्यमन्त्री नियुक्त भएपछि तीन नेताबीच उक्त सहमति भएकाे हाे।
![koshi1697261943.png](https://nepallive.net/uploads/posts/koshi1697261943.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।