काठमाडाैं- मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकोप्टरदुर्घटना भएको छ ।
ओखलढुंगाको रुम्झाटारबाट साेलुखुम्बुकाे लोबुचे उडेको हेलिकोप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७:१३ मा उडेको हेलिकोप्टर दुर्घटना भएको हो ।
हेलिकोप्टरमा पाइलट पिके सेढाइ मात्रै रहेको खुलेकाे छ। पाइलट सेढाइ सुरक्षित रहेको नागरिक उड्यन प्राधिकरणले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।