काठमाडौं- कोशी प्रदेशमा प्रदेश प्रमुख परशुराम खार्पुङले शनिबार मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदकाे सनाखत गर्ने भएका छन्। शुक्रबार नेपाली कांग्रेसका केदार कार्की नेपाली कांग्रेसका केदार कार्की नेकपा एमालेका ३९ र कांग्रेसका ८ सांसदसहित ४७ जनाको समर्थन जुटाएर मुख्यमन्त्रीमा दाबी गर्दै प्रदेश प्रमुखकहाँ पुगेका थिए।
तर प्रदेश प्रमुख खापुङले दुवै पक्षका समर्थक सांसदको सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरेका हुन्।
गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरे पनि शेखर काेइराला पक्षले उक्त निर्णय नमानी कार्कीलाई मुख्यमन्त्रीमा अघि सारेकाे थियाे। शुक्रबार काेशी विवादबारे समाधान गर्न कांग्रेस सभापति शेरबहादुर देउवाकाे निमन्त्रणमा धुम्बाराहीमा प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे उपस्थितिमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेकाे थियाे।
उक्त बैठकमा शेखरलाई पनि बाेलाइएकाेमा काेइरालाले सबै प्रस्ताव अस्वीकार गर्दै बैठक बहिष्कार गरेका थिए। बैठक शनिबार बिहान पुन: बाेलाइएकाे छ। राष्ट्रपति, प्रधानमन्त्री र पार्टी सभापतिको दबाब अस्वीकार गर्दै कोइरालाले कोशीमा अगाडि बढाइएको कदमबाट फिर्ता नहुने अडान लिएका छन्।
कोशीमा मुख्यमन्त्रीका लागि शनिबार कार्की र आङ्बोले दाबी पेस गरेका छन्। कार्कीले नेकपा एमालेका ३९ र कांग्रेसका ८ सांसदसहित ४७ जनाको समर्थन जुटाएका छन्। गठबन्धनबाट आङ्बोले कांग्रेससहित चार दलको समर्थन जुटाएका छन्।
प्रदेख प्रमुख खार्पुङले शुक्रबार अपरान्ह ५ बजेसम्मका लागि संविधानको धारा १७८ (५) बमोजिम बहुमत सांसदहरूको हस्ताक्षरसहित सरकार दाबी गर्न आह्वान गरेका थिए। सोहीअनुसार कार्कीले ४७ सांसदको समर्थन जुटाएका थिए।
तर प्रदेश प्रमुख खार्पुङले शुक्रबार साँझ सूचना जारी गर्दै सनाखत गरेर मात्रै शनिबार मुख्यमन्त्री नियुक्त गर्ने जानकारी दिएका हुन्। शनिबार बिहान ८ देखि २ बजेसम्म दुवै पक्षका दाबीकर्तालाई सनाखतका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।