काठमाडाैं- सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई निलम्बन गरेको छ। असोज २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम उनलाई ३ महिनाका लागि निलम्बन गरिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पदीय जिम्मेवारी बहन गर्न असक्षम रहेको भन्दै उनलाई असोज ४ गते लिखित स्पष्टीकरण सोधेको थियो ।
मन्त्रीस्तरीय निर्णय बमोजिम उनलाई आफूविरुद्धको प्रमाण समेत नष्ट गर्न सक्ने तथा बोर्डलाई हानी गर्न सक्ने कारण देखाउँदै निलम्बन गरिएको हो।
![No description available.](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.15752-9/380173963_1325545961413038_7903087619895936134_n.jpg?_nc_cat=106&ccb=1-7&_nc_sid=8cd0a2&_nc_ohc=8KEZP_8NMwYAX_88Mc2&_nc_ht=scontent.fktm1-1.fna&oh=03_AdRIK9oT8IzFg8rCTiV-sjL1V5GTdJemIK8OCoLDNNM1iA&oe=6550C0CC)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।