काठमाडाैं- पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्ने २ जनालाई जेल चलान गरिएको छ।
गत असाेज ८ गते अस्पतालमा चिकित्सकमाथि आक्रमण तथा ताेडफाेड गरेकाे आराेपमा विभिन्र मितिमा पक्राउ कास्की जिल्ला अदालतले विभिन्न मितिमा पक्राउ परेका ९ जनामध्ये २ जनालाई जेल चलान गरेको छ भने बाँकी ७ जना धराैटीमा रिहा गरेको छ।
न्यायाधीश ध्रुवकुमार पियाको इजलासले विनय गुरुङ र छावा भनिने सुशील कार्की पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकाे छ।
सञ्जय पीडित भनिने सुजित मुल्मी, अभिनास गुरूङ,अरुण गुरुङ, नितेश गुरुङ, विवेक गुरुङ, मनिष थापा र प्रदीप गुरुङलाई जनही १ लाख धरौटीमा रिहा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।