काठमाडौं- शान्ति सेनामा गएका एक सैनिकको उपचारका क्रममा निधन भएको छ।
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि युनाइटेड नेसन्स अर्गनाइजेसन स्टाबिलाइजेसन मिसन इन द डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा खटिएका नरसिंहदल गण (शान्ति सेना) उनान्तीसौं डफ्फामा कार्यरत प्युठ भुपजित राईको शुक्रबार निधन भएको नेपाली सेनाले जनाएको छ।
खोटाङ फक्टाङ्ग गाउँपालिका वडा नं।८ निवासी प्युठ भुपजित राई उक्त गणअन्तर्गत ुट्याक्टिकल अपरेटिङ बेसुजिनामा कार्यरत रहँदा बिरामी भई थप उपचारका लागि कंगोको बुनियास्थित अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।