काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिकर्मीहरुलाई दबाब, तनाव र चुनौती धेरै हुने बताएका छन्।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। आफू अहिले दबाब, तनाव र चुनौतीको बीचमा रहेको उनको भनाइ थियो। उनले समाज राजनीतिमात्रै नभइ अन्यत्र पनि समाज भएको अनुभूति भएको बताए।
‘हामी राजनीतिकर्मीहरू अझ जिम्मेवारीमा भएकाहरुलाई राजनीतिकै दबाब, तनाव, एक खालको चुनौतीको बीचमा रहनुपर्ने हुन्छ। आज पनि मेरो दिन त्यस्तै थियो र छ। यही बीचमा पनि केही चिटहरु आए, कुराहरु आए। यस्तो बीचमा मानव सेवा आश्रमले असहायको सेवाको निम्ति यस वर्षको चाढ पर्वमा कसैले सडकमा बस्नु नपरोस् भनेर जुन अभियान लाँदै हुनुहुन्छ, सन्तोष, तनावमुक्त भएको जस्तो लागेको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।