काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारतीय प्रधानमन्त्री नेपालको भूभागमा कुनै सूचना नदिई आउनु नेपालमाथिको नाङ्गो हस्तक्षेप भएको बताएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहान नेपालको भूभागभित्र पर्ने कालापानी क्षेत्रमा बिना सूचना आएका थिए। नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा उनले सोही विषयलाई लिएर उक्त धारणा राखेका हुन्।
‘२ दिनअघि भारतको प्रधानमन्त्री नेपालको भूभागमा नेपाललाई सूचना नदिई आउने कुरा नेपालमाथि नाङ्गो–ठाडो हस्तक्षेप हो। नेपालले यसको सशक्त प्रतिरोध गर्छ। प्रतिवाद गर्छ,’ उनले भने।
नेपालको अन्तराष्ट्रिय सम्बन्धबारे साझा धारणा कायम हुनुपर्नेमा उनले जोड दिएका थिए। ‘हामी के ठान्छौँ भने भारतीय प्रधानमन्त्रीले गर्ने यो अतिक्रमण वा कुनै बेला चिनियाँ प्रधानमन्त्रीले गर्ने वा कसैले गर्ने सन्दर्भमा नेपालका सबै पार्टीले एक धारणा बनाउनु पर्छ भन्ने हामी विश्वास राख्छौँ,’ उनले भने।
यो पनि :
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।