प्रतिकात्मक तस्बिर
काठमाडौं– सिंहदरबार गेट अगाडि प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीको नेतृत्वमा सिंहदरबार ‘घेर्न’ पुगेका उनीहरुलाई प्रहरीले सिंहदरबारको दक्षिणी गेट अगाडिबाट नियन्त्रणमा लिएको हो।
प्रहरीले नियन्त्रणमा लिएकामा १४ जना पुरुष र २ जना महिला छन्। उनीहरुलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।