काठमाडौं– कोशी कांग्रेसले प्रदेश कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। कांग्रेस केन्द्रको निर्णय विपरीत प्रदेश सांसद केदार कार्कीले एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी गरेपछि शुक्रबार दिउँसोको लागि बैठक आह्वान भएको प्रदेश सभापति उद्धव थापाले बताए।
एमालेका ३९ सांसदको समर्थनमा कार्कीको नेतृत्वमा ८ कांग्रेसी सांसदहरुले मुख्यमन्त्रीमा पार्टी संस्थापनलाई चुनौती दिएका हुन्। कांग्रेस–माओवादीको सँगको गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए। तर शेखर कोइराला समूहका कार्कीले उक्त निर्णयलाई चुनौती दिएका हुन्।
सोही सन्दर्भलाई लिएर कार्य सम्पदानको बैठक बोलाइएको थापाले बताए।
‘अहिले कार्यसम्पादनको बैठक बस्दैछ। हामी बैठकबाट निर्णय गरेरै उहाँहरुलाई आफ्नो कदमबाट पछि हट्न निर्देशन गर्छौँ,’ नेपाल लाइभसँग कुरा गर्दै थापाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।