काठमाडौं– नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत प्रदेश कमिटीका सदस्यका लागि भएको निर्वाचनमा मतदान सकिएको छ।
अध्यक्षसहित पाँच पदाधिकारी र केही जिल्लामा सदस्य सर्वसम्मत भए पनि केही जिल्लामा सहमति हुन नसक्दा मतदान भएको हो।
बिहीबार भएको मतदानमा ६६५ मध्ये प्रतिनिधिमध्ये ५२७ मत खसेको छ। अब केही बेरमा मतगणना सुरु हुने निर्वाचन कमिटीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।