काठमाडौं- विश्वकप छनोटमा नेपालविरुद्ध लाओसको अग्रता लिएको छ। दशरथ रंगशालामा जारी खेलमा लाओसले पहिलो गोल हानेको हो।
पहिलो हाफको ३३औं मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गरेका हुन्। यससँगै नेपालमाथि दबाब सिर्जना भएको छ।
नेपाल र लाओसबीचको अर्को खेल १७ अक्टोबरमा लाओसको मैदानमा हुनेछ।
यो विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन्। जहाँ ९ समूहमा ४-४ टिम हुनेछन् र होम एण्ड अवेका आधारमा ६ खेल खेल्न पाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।