काठमाडौं- विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विधेयकलाई समितिमा पठाइयोस् भन्ने प्रस्ताव अनुमोदन गरेसँग विधेयक समितिमा पठाइएको हो।
बिहीबारकै बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावण प्रबर्द्ध सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।