काठमाडौं- युद्धरत इजरायलबाट नेपाल फर्किनका लागि २५१ जना विद्यार्थी तेलअवीवस्थित बेन गुरिन विमानस्थलमा जम्मा भएका छन्। प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणपछि द्वन्द्वमा फसेको उक्त क्षेत्रबाट नेपाल फर्किन चाहने नेपालीहरू विमानस्थलमा जम्मा भएका छन्।
गएको शनिबार हमासको आक्रमणमा परेर घाइते ३ जना नेपाली भने अस्पतालमै उपचाररत छन्। उनीहरू विमानस्थल पुगेका छैनन्।
नेपाली विद्यार्थीहरूको उद्धारका लागि इजरायल गएको नेपाल वायु सेवा निगमनको जहाज आजै स्वदेश फर्किने भएको छ। इजरायलमा रहेका नेपालीहरूलाई ल्याउन परराष्ट्रमन्त्री आफैं जहाज चढेर इजरायल प्रस्थान गरिसकेका छन्।
जहाजले नेपाली समय अनुसार बिहीबार बिहान १०ः४६ बजे दुबईबाट इजरायलका लागि उडान भरेको छ। जहाज बिहीबार राति सवा ९ बजेपछि त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।