तस्बिर: सुरज भण्डारीको फेसबूकबाट
काठमाडौं– द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपाली विद्यार्थीहरु स्वदेश फिर्ताका लागि विमानस्थल पुगेका छन्।
इजरायलमा रहेका विद्यार्थी सुरज भण्डारीले आफूहरु तेल–अविव विमानस्थलमा पुगेको जानकारी दिएका छन्।
प्यालेस्टिनी लडाकु समूह हमासले शनिबार गरेको आक्रमणमा परेर इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। द्वन्द्वग्रस्त क्षेत्रमा फसेका विद्यार्थीको उद्धार गरी स्वदेश ल्याउनका लागि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज इजरायल उडेको छ।
नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल प्रस्थान गरेका छन्।
बुधबार सरकारले परराष्ट्र मन्त्री एनपी साउँदको नेतृत्वमा जहाज पठाउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।