काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यालय शिक्षा विधेयक–२०८० माथि संशोधन प्रस्ताव दर्ता गराएको छ। अनेरास्ववियुले एमाले मुख्य सचेतक पदम गिरीमार्फत् संशोधन प्रस्ताव दर्ता गराएको हो।
अनेरास्ववियुले विद्यालय शिक्षा विधेयकका विभिन्न दफाहरुमा चित्त नबुझेको भन्दै संशोधन प्रस्ताव दर्ता गरेको हो। विद्यालय शिक्षा विधेयकको दफा ४, ८, १५, १६, २०, ५०, ५३ लगायतका दफाहरु संशोधन गर्नुपर्ने प्रस्ताव दर्ता गरेको अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए।
त्यसैगरी उक्त विधेयकमा विभिन्न १३ बुँदासमेत थप्न सुझाव दिएको छ। विद्यालय शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नका लागि ७२ घण्टाको समयसीमा निर्धारण गरिएको थियो। जुन समय सीमा आज सकिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।