भारत- पाकिस्तानी खेलाडी मोहम्मद रिजवानले आफ्नो शतक गाजाका बासिन्दाका लागि समर्पण गरेका छन्। विकेटकिपर ब्याटर रिजवानले मंगलबार श्रीलंकाविरुद्ध शतक प्रहार गर्दै खेल जिताएका थिए।
उनले सामाजिक सञ्जाल ट्विटरमा लेखे, ‘यो गाजाका हाम्रा दाजुभाइ र दिदिबहिनीका लागि।’
रिजवानले श्रीलंकाविरुद्ध नटआउट १३१ रन बनाएर आफ्नो टिमलाई ऐतिहासिक जित दिलाएका थिए। श्रीलंकाले मंगलबार पाकिस्तानलाई जितका लागि ३४५ रनको लक्ष्य दिएको थियो। विश्वकप इतिहासमा पहिलोपटक उक्त लक्ष्य पूरा गरिएको छ।
हमासले इजरायलमाथि आक्रमण गरेपछि गाजामा लगातार बमबारी भइरहेको छ। अहिलेसम्म १२ सयभन्दा बढीको मृत्यु भइसकेको छ। तीमध्ये गाजामै ९५० जना मारिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।