काठमाडौं– कोशी प्रदेशमा नयाँ सरकार गठनबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकारी बैठक बोलाएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार शुक्रबार बिहान ८ बजे बैठक बोलाइएको छ।
बैठकमा कोशी सरकारबारे छलफल गर्ने एजेण्डा रहेको छ।
कोशीमा शुक्रबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्न समय दिइएको छ। संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि कोशीमा १६८ को उपधारा ५ अनुसार सरकार गठन गर्न प्रदेश प्रमुख परशुराम खापुङ्गले शुक्रबार साँझसम्मको समायवधि दिएका छन्।
दलहरूले सोहीअनुसार सरकार गठनका लागि गृहकार्य गरिरहेका छन्। कोशीमा एमाले, राप्रपा, माओवादी र नेपाली कांग्रेस सबैले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।