लेबनान– लेबनानको सरकारी मिडियाका अनुसार इजरायलले केही इलाकामा हमला गरेको छ।
इजराइली सेनाले यसअघि लेबनानबाट इजरायलमा मिसाइल हानिएको बताएको थियो। इजरायली सेनाको दाबी अनुसार हिज्बुल्लाहले लेबनानबाट मिसाइल हानेको हानेको थियो। त्यही इलाकामा हमला गरिएको इजरायली सेनाले बताएको छ।
लेबनानी सरकारी मिडियाले दुई ठाउँमा हमला भएको जनाएको छ। लेबनान नेसनल न्युज एजेन्सीका अनुसार धारिया र यारिन इलाकामा हमला भएको हो। समाचारमा लेखिएको छ, ‘धारिया नजिकै दुश्मन बम बर्साइरहेको छ। यारिन इलाकामा फस्फोरस गोली हानिएको छ।’
चरमपन्थी संगठन हिज्बुल्लाहले हमासपछि इजराइलमा रकेट हानेको हो। हिज्बुल्लाहलाई इरानको समर्थन प्राप्त मानिन्छ। जबकि इजाराइल र पश्चिमा देशमा हिज्बुल्लाहमाथि प्रतिबन्ध लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।