एजेन्सी- जासुसी गरेको आरोपमा चीनमा तीन वर्ष थुनामा रहेकी चेङ ली अस्ट्रेलिया फर्किएकी छन्। चिनियाँ मूलकी अस्ट्रेलियाली पत्रकार स्वदेश फर्किएको बुधबार अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बताए।
उनका अनुसार पत्रकार चेङको आफ्ना दुई सन्तानसँग मेलबोर्नमा पुनर्मिलन भएको छ। ४८ वर्षीया चेङ चीनको सरकारी प्रसारक सीसीटिभीको अन्तर्राष्ट्रिय विभागमा काम गर्थिन्। अल्बानिजको चीन भ्रमणको संघारमा उनी छुटेर अस्ट्रेलिया फर्किएकी हुन्।
यद्यपि, प्रधानमन्त्री अल्बानिजको बेइजिङ भ्रमणको मिति टुङ्गो लागिसकेको छैन।
अल्बानिजको सरकारले सन् २०१९ देखि चीनमा थुनिएका चेङको रिहाइका लागि लबिङ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।