काठमाडौं– हमास समूहको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका कर्णाली प्रदेशका तीन जनाका परिवारका लागि कर्णाली प्रदेश सरकारले राहत दिने भएको छ।
प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले इजरायल–हमास युद्धमा ज्यान गुमाएका कर्णाली प्रदेशका तीन जनाका परिवारलाई प्रति परिवार तीन लाख रुपैयाँ दिने निर्णय गरेको हो।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले बैठकले मृतकका परिवारलाई राहतस्वरुप प्रतिपरिवार तीन लाख रुपैयाँ दिने निर्णय गरिएको जानकारी दिए।
असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिय भन्ने स्थानमा प्यालेस्टायनी उग्रवादी संगठन हमासको आक्रमणमा परी कर्णाली प्रदेशका तीन जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।