काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले इजरायलले सर्वसाधारणलाई सूचना नदिकन आक्रमण गरे हमासले कब्जामा रहेकालाई हत्या गर्ने धम्की दिइरहेको भन्दै यसबारेमा सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद सिंहले सो बारेमा नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले इजरायल घटना संवेदशील भएकाले सयम समयमा नेपाल सरकारले त्यहाँको स्थितिको बारेमा ध्यानाकर्षण गराउन आग्रह गरे।
उनले स्वदेश फर्किन चाहने नेपालीहरुलाई आवश्यक प्रबन्ध मिलाइ चाँडोभन्दा चाँडो ल्याउन आग्रह गरे। उनले युद्ध अझै चर्किनसक्ने अनुमान रहेकाले नेपालीहरुलाई चाँडो स्वदेश फर्काउन आग्रह गरेका हुन्।
उनले भने, ‘इजरायलले सर्वसाधारणलाई सूचना नदिकन आक्रमण गरे हमासले कब्जामा रहेकालाई हत्या गर्ने धम्की आइरहेको छ। यसमा सचेत हुनुपर्छ। यो विषयमा सरकारले के सोचिरहेको छ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।