काठमाडौं– नेकपा एमालेकी सांसद सुनिता बरालले नेपालबाट पठाउन खोजिएका जहाजलाई अनुमति नदिएकोबारे सरकारसँग जवाफ माग गरेकी छन्।
मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले यी घटनाबाट पाठ सिकेर योजना बनाउन आवश्यक रहेको बताइन्।
इजरायल आफैंमा ढुक्क भएर बस्ने देश नरहेको भन्दै इजरायलस्थित नेपाली दूतावासलाई त्यहाँको वस्तुस्थितिबारे जानकारी नरहेको स्पष्ट भएको उनको भनाइ थियो। उनले थप जोखिममा नेपाली पर्न नदिनका लागि सरकारले तदारुकताकासाथ काम गर्नुपर्ने बताइन्।
सांसद बरालले सबै राजनीतिक दलहरु मिलेर काम गर्ने हो भने समस्या समाधान हुने र कुटनीतिक माध्यमलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।