दक्षिण कोरिया– कोरियामा कार्यरत ६० प्रतिशत विदेशी श्रमिकले आफूले भेदभावको अनुभव गरिरहेको बताएका एक अध्ययनले देखाएको छ।
ग्याङ्जी परिवार र वुमन्स रिसर्च इन्स्टिच्युटले मंगलबार सार्वजनिक गरेको एक अध्ययनले ५९ दशमलब २ प्रतिशत कामदारले कार्यक्षेत्रमा आफूलाई भेदभाव हुने गरेको बताएका देखाएको छ।
६ सय ८८ जनामा गरिएको सर्वेमा ५८ दशमलब ४ प्रतिशत विदेशी कामदारले कोरियामा हरेक क्षेत्रमा भाषा मुख्य समस्याका रुपमा रहेकाे बताएका छन्।
त्यस्तै, अन्य विषयमा २३ दशमल ७ प्रतिशत विदेशी कामदारले फरक देशको फरक जाति भएकै कारण कोरियाली नागरिकबाट आफूलाई भेदभाव हुने गरेको बताएका अध्ययन प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी, सांस्कृतिक भिन्नतामा २१ दशमलब ९ प्रतिशत, परामर्श सेवाको कमीमा १३ दशमलब ९ प्रतिशत, महँगो स्वास्थ्य बिमामा १५ दशमलब ७ प्रतिशत र काम गर्ने ठाउँको खराब वातावरणमा १३ दशमलब १ प्रतिशतले समस्या रहेको गुनासाे गरेका छन्।
विदेशी पुरुष भन्दा महिला श्रमिक फरक जातिको भएकै कारण धेरै विभेदमा पर्ने गरेको बताएका छन्।
रिपोर्ट भन्छ, 'पुराना विदेशी कामदारसँग हेपाइमा परेका धेरै अनुभव छन्। ७२ दशमलब २ प्रतिशत विदेशी श्रमिकले अन्याय सहेरै बस्ने गरेको र बाँकी थोरैले मात्र आवाज उठाउने गरेका छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।