काठमाडौं– इजरायली सेनाले गाजामा हमासको इलाकामा ठूलो आक्रमण सुरु गरेको जनाएको छ। इजरायाली डिफेन्स फोर्स र वायु सेनाले यस अभियानको जानकारी सामाजिक सञ्जालमा दिएका छन्।
हमासले गाजा क्षेत्रबाट रकेट प्रहार गरेपछि इजरायलले जवाफी कारबाही सुरु गरेको हो। यसैबीच प्यालेस्टिनी विदेश मन्त्रालयले इजरायली आक्रमणमा दुई शरणार्थी क्याम्प ध्वस्त भएको जानकारी दिएको छ। उक्त आक्रमणमा कैयौंको मृत्यु भएको र केही घाइते भएको बताइएको छ। गाजापट्टीमा ८ वटा मान्यताप्राप्त शरणार्थी क्याम्प रहेका छन्।
गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार इजरायली मिसाइल आक्रमणमा मर्नेहरुको संख्या ५११ पुगेको जानकारी दिएको छ। साथै घाइतेहरुको संख्या २७ सय ५० रहेको बीबीसीले उल्लेख गरेको छ। इजरायलले भने हमासले गरेको आक्रमण र बन्धक बनाइएको बदलामा प्रहार गरिएको बताएको छ। यता हमासले आइतबार पूरै रात इजरायलका तर्फबाट भएको आक्रमणमा बन्धक बनाइएका ४ व्यक्तिको मृत्यु भएको बताएको छ।
इजरायलले गाजा क्षेत्रमा विजुली, खााना र इन्धन बन्द गरेको छ। इजरायलका रक्षामन्त्री योहाव ग्यालेन्टले अब त्यहाँ अत्यावश्यक सामग्रीको आपूर्ति नहुने बतााएका छन्।
गाजाको हवाई क्षेत्र र तटीय क्षेत्रमा इजरायलको नियन्त्रण छ। त्यहाँ कुन वस्तु पठाउने वा नपठाउने निर्णय इजरायलले नै गर्दै आएको छ। हमासको आक्रमणमा परी अहिलेसम्म ७०० इजरायलीको मृत्यु भएको छ। जसमा १० जना नेपाली विद्यार्थी पनि रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।