• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

शोकमा सुदूरपश्चिम

64x64
शेरबहादुर ऐर सोमबार, असोज २२, २०८०  २०:३३
1140x725

धनगढी– कैलालीको घोडाघोडी नगरपालिका-४ स्थित हरिकृष्ण न्याैपानेको घरमा पुग्दा उनी बेहोस अवस्थामा ढलिरहेका थिए। घर भित्र र बाहिर आफन्त र छरछिमेकीको क्रन्दन सुनिन्थ्यो। विछिप्त थिइन् सीता न्याैपाने। इजरायलको मध्य र दक्षिण क्षेत्रमा शनिबार प्यालेस्टाइनको हमास समूहले गरेको आतंककारी हमलामा छोरा नारायणप्रसाद मारिएको खबर सामाजिक सञ्जालभरि छरपस्ट भए पनि उनलाई उनी छोराले फोन गरिहाल्छ कि भन्ने पर्खाइमै थिइन्।

खबरले छाती निचोरिए पनि मसिनो आशा पालेर उनी भन्छिन्, ‘छोरा मारिएको खबर त सुनेँ। तर विश्वास छैन। ती १० जना नै फर्किएर आउँछन्।’ एक्कासी परदेशमा रहेको छोरा मारिएको खबर सुन्दा उनी विश्वस्त छैनन्। विक्षिप्त उनको मनले छोरा अब यो संसारमा छैन भन्ने पत्याउन सकिरहेको छैन। एकैछिनमा छोराले फोन गर्छ कि भन्ने आशा उनमा छ।

121696853355.jpg

‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न करिब एक महिनाअघि नारायणप्रसाद इजरायल गएका थिए । पढाइका लागि लिएको ऋण तिरेर पक्की घर बनाउने सपनासहित उनी इजरायल गएका थिए। ‘पढ्दै कमाउँदै नयाँ घर बनाउँछु भन्थ्यो,’ केही दिनअघि मात्रै छोराले फोनमा भनेको सम्झिँदै उनी भक्कानिइन्, ‘घर बनाउन दाजुसँग पैसा माग्नुहोस्, नत्र म पठाउँला, ढुङ्गा झार्दै गर्नुहोला भनेथ्यो।’ उनले एकाएक छोरा मरेको कुरा विश्वास गर्न सकिरहेकी छैनन् । 

नारायणप्रसाद इजरायल जानका लागि भदौ २० गते घरबाट निस्किएका थिए। काठमाडौं पुगेर भदौ २५ गते राति १२ बजे फ्लाइट रहेको र दु:खका दिन गएको सम्झिइन्। ‘त्यहाँ पुुगेपछि काम सुरु गरेको सुनाएको थियो,’ उनले भनिन्, ‘घरका हामी सबै काम देखेर खुशी भएका थियौँ। तर, अचानक...’

जेठा दाजु धर्मराज भाइलाई पढाउनुपर्छ भनेर १० वर्षदखि भारतको बैँगलोरमा काम गरिरहेका छन्। नारायणप्रसादलाई पढाउन भनेर उनी मजदुरी गर्न भारत गएका थिए। कान्छा ाभाइ १२ वर्षका भए। मृत्यु हुने नारायणप्रसाद भर्खरै २२ वर्ष पुग्दै थिए। आमा सीताले भनिन्, ‘धर्मराज आफूले नपढे पनि भाइलाई पढाउछु भनेर भारतमा काम गर्न गएको थियो।’

नारायणका बुवा अशक्त छन् । घरमा आर्थिक अवस्था राम्रो नभएको सीताले सुनाइन्। छोराले यसरी एक्कासी छोडेर जाँदा आफ्नो साहारा नै टुटेको आमा सीता बताउँछिन्।

प्यालेस्टिनको हमास समूहको आक्रमणबाट १० जना नेपालीको मृत्यु भएको थियो। आइतबार साँझ इजरायलस्थित नेपाली दूतावासले उनीहरुको मृत्युु भएको पुष्टि गरेको थियो। जसमा मारिनेमा सात जना सुदूरपश्चिमका रहेका छन्। अहिले सिंगो मुुलुकसंगै सुदूरपश्चिम पनि रोइरहेको छ। यहाँको अवस्था अहिले निकै फरक बनेको छ। 

Ncell 2
Ncell 2

छोराहरु गुमाएका आमाबुबाहरु अहिले विक्षिप्त छन्।

इजरायलमा मारिने कैलालीकै अर्का व्यक्ति हुन् आशिष चौधरी। कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ५ का ७० वर्षीय कन्हैयालाल चौधरीको कानमा नाति इजरायल उड्नुअघि नातिसँग भएको फोन संवाद गुन्जिरहन्छ। उनी भन्छन्, ‘फोनमा बाजे केहीबेरमा उड्दैछु, तपाईंहरु राम्रोसँग बस्नुहोला भनेको थियो।’ तर नातिको मृत्यु भएको खबर सुनेर उनी शोकमा डुबेका छन्।

गाजा र इजरायलबीचको युद्ध सुरु भएपछि त्यहाँ रहेका नेपालीहरू अलपत्र परेका छन्। कञ्चनपुरका विपिन जोशी सम्पर्कविहीन भएपछि उनको परिवारमा चिन्ता बढेको छ। भीमदत्त नगरपालिका वडा नम्बर ३ नागार्जुनमा विपिनको परिवारमा चिन्ता बढेको छ। शनिबारपछि छोरासँग सम्पर्क नभएकाले आमा पद्मा सुर्ताएकी छिन्। ‘छोरासँग सम्पर्क नभएको दुई दिन भइसक्यो, ऊ कस्तो अवस्थामा छ केही थाहा छैन,’ पद्माले भनिन्। छोराको चाँडै उद्धार गरिदिन उनले अनुनय गरिन्।

इजरायल आक्रमणमा मृत्यु हुनेमा कैलाली घोडाघोडी नगरपालिका ४ का नारायणप्रसाद न्यौपाने, कैलालीकै बौनिया ३ का आशिष चौधरी, डोटी पचनली ३ का राजन फुलारा, डोटीकै लमिखाल ८ का पदम थापा, दार्चुला लेकम ५ का दीपेशराज विष्ट, दार्चुला मालिकार्जुन ४ का लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वी ६ का गणेशकुमार नेपाली रहेका छन्।

यस्तै धनुषा सपाही ६ का आनन्द साह, सुनसरी मधुवन १ का राजेशकुमार स्वर्णकार र सल्यान सारदा ३ का प्रवेश भण्डारी रहेका छन् भने अन्य चार जना अस्पतालमा उपचाररत छन् । घाइतेहरूमा सल्यान सारदा २ का विधान सेजवाल, दाङ दङ्गिशरण वडा नम्बर ३ का प्रवीण डाँगी, कैलाली टीकापुर ९ का धनबहादुर चौधरी, गोरखा ८ गोर्खाका हिमान्चल कट्टेल र कंचनपुर भीमदत्त ३ का विपिन जोशी छन्। 

इजरायलमा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत कुल २ सय ६५ विद्यार्थी इजरायल गएका छन्। 

उद्धारको माग गर्दै अभिभावकसहित विद्यार्थीहरुले निकाले मौन र्‍याली
इजरायलको युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीको तत्काल उद्धार गर्न माग गर्दै टीकापुरमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीले मौन र्‍याली निकालेका छन्। हाल इजरायलमा रहेका निश्चल पाण्डेका बुबा उत्तम पाण्डेले आफू लगायतका सयौं परिवार छोराछोरी संकटमा परेको खबर सुनेपछि छटपटी भएको बताए। उनले तत्काल उद्धार गर्न सरकारसँग माग गरे।

isreal1696853316.jpg

अर्का विद्यार्थी सुष्मा रेग्मीका बुबा डिल्लीरमण रेग्मीले आफ्नी छोरीलगायतका चार जनाले खान पाएको तर बंकरमा बसिरहेका खबर प्राप्त भएको जानकारी दिए। उनीहरू आत्तिरहेकाले छिटो घर फर्काउन सरकारसँग उनले अनुरोध गरे। 

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका उपप्राध्यापक आशिष घिमिरेले अरु देशका सरकारले आफ्ना नागरिकलाई सुरक्षित स्थानतर्फ लगिसके पनि हाम्रो सरकारले अहिलेसम्म पनि ‘पहल गर्दैछु’ मात्र भनिरहेकाले भन्दै आक्रोश व्यक्त गरे। उनले शीघ्र विद्यार्थीको उद्धारमा सरकार लाग्नुपर्ने बताए।

21696853305.jpg

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  २०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट बुधबार, माघ १४, २०८२
दार्चुला पुगे बालेन, समर्थकको घुइँचो बुधबार, माघ १४, २०८२
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार बुधबार, माघ १४, २०८२
सर्लाहीबाट गगनले भने- मधेशको जेठो छोरा कांग्रेस भएकाले सेवा गर्न म झरेँ बुधबार, माघ १४, २०८२
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्