• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

शोकमा सुदूरपश्चिम

64x64
शेरबहादुर ऐर सोमबार, असोज २२, २०८०  २०:३३
1140x725

धनगढी– कैलालीको घोडाघोडी नगरपालिका-४ स्थित हरिकृष्ण न्याैपानेको घरमा पुग्दा उनी बेहोस अवस्थामा ढलिरहेका थिए। घर भित्र र बाहिर आफन्त र छरछिमेकीको क्रन्दन सुनिन्थ्यो। विछिप्त थिइन् सीता न्याैपाने। इजरायलको मध्य र दक्षिण क्षेत्रमा शनिबार प्यालेस्टाइनको हमास समूहले गरेको आतंककारी हमलामा छोरा नारायणप्रसाद मारिएको खबर सामाजिक सञ्जालभरि छरपस्ट भए पनि उनलाई उनी छोराले फोन गरिहाल्छ कि भन्ने पर्खाइमै थिइन्।

खबरले छाती निचोरिए पनि मसिनो आशा पालेर उनी भन्छिन्, ‘छोरा मारिएको खबर त सुनेँ। तर विश्वास छैन। ती १० जना नै फर्किएर आउँछन्।’ एक्कासी परदेशमा रहेको छोरा मारिएको खबर सुन्दा उनी विश्वस्त छैनन्। विक्षिप्त उनको मनले छोरा अब यो संसारमा छैन भन्ने पत्याउन सकिरहेको छैन। एकैछिनमा छोराले फोन गर्छ कि भन्ने आशा उनमा छ।

121696853355.jpg

‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न करिब एक महिनाअघि नारायणप्रसाद इजरायल गएका थिए । पढाइका लागि लिएको ऋण तिरेर पक्की घर बनाउने सपनासहित उनी इजरायल गएका थिए। ‘पढ्दै कमाउँदै नयाँ घर बनाउँछु भन्थ्यो,’ केही दिनअघि मात्रै छोराले फोनमा भनेको सम्झिँदै उनी भक्कानिइन्, ‘घर बनाउन दाजुसँग पैसा माग्नुहोस्, नत्र म पठाउँला, ढुङ्गा झार्दै गर्नुहोला भनेथ्यो।’ उनले एकाएक छोरा मरेको कुरा विश्वास गर्न सकिरहेकी छैनन् । 

नारायणप्रसाद इजरायल जानका लागि भदौ २० गते घरबाट निस्किएका थिए। काठमाडौं पुगेर भदौ २५ गते राति १२ बजे फ्लाइट रहेको र दु:खका दिन गएको सम्झिइन्। ‘त्यहाँ पुुगेपछि काम सुरु गरेको सुनाएको थियो,’ उनले भनिन्, ‘घरका हामी सबै काम देखेर खुशी भएका थियौँ। तर, अचानक...’

जेठा दाजु धर्मराज भाइलाई पढाउनुपर्छ भनेर १० वर्षदखि भारतको बैँगलोरमा काम गरिरहेका छन्। नारायणप्रसादलाई पढाउन भनेर उनी मजदुरी गर्न भारत गएका थिए। कान्छा ाभाइ १२ वर्षका भए। मृत्यु हुने नारायणप्रसाद भर्खरै २२ वर्ष पुग्दै थिए। आमा सीताले भनिन्, ‘धर्मराज आफूले नपढे पनि भाइलाई पढाउछु भनेर भारतमा काम गर्न गएको थियो।’

नारायणका बुवा अशक्त छन् । घरमा आर्थिक अवस्था राम्रो नभएको सीताले सुनाइन्। छोराले यसरी एक्कासी छोडेर जाँदा आफ्नो साहारा नै टुटेको आमा सीता बताउँछिन्।

प्यालेस्टिनको हमास समूहको आक्रमणबाट १० जना नेपालीको मृत्यु भएको थियो। आइतबार साँझ इजरायलस्थित नेपाली दूतावासले उनीहरुको मृत्युु भएको पुष्टि गरेको थियो। जसमा मारिनेमा सात जना सुदूरपश्चिमका रहेका छन्। अहिले सिंगो मुुलुकसंगै सुदूरपश्चिम पनि रोइरहेको छ। यहाँको अवस्था अहिले निकै फरक बनेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

छोराहरु गुमाएका आमाबुबाहरु अहिले विक्षिप्त छन्।

इजरायलमा मारिने कैलालीकै अर्का व्यक्ति हुन् आशिष चौधरी। कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ५ का ७० वर्षीय कन्हैयालाल चौधरीको कानमा नाति इजरायल उड्नुअघि नातिसँग भएको फोन संवाद गुन्जिरहन्छ। उनी भन्छन्, ‘फोनमा बाजे केहीबेरमा उड्दैछु, तपाईंहरु राम्रोसँग बस्नुहोला भनेको थियो।’ तर नातिको मृत्यु भएको खबर सुनेर उनी शोकमा डुबेका छन्।

गाजा र इजरायलबीचको युद्ध सुरु भएपछि त्यहाँ रहेका नेपालीहरू अलपत्र परेका छन्। कञ्चनपुरका विपिन जोशी सम्पर्कविहीन भएपछि उनको परिवारमा चिन्ता बढेको छ। भीमदत्त नगरपालिका वडा नम्बर ३ नागार्जुनमा विपिनको परिवारमा चिन्ता बढेको छ। शनिबारपछि छोरासँग सम्पर्क नभएकाले आमा पद्मा सुर्ताएकी छिन्। ‘छोरासँग सम्पर्क नभएको दुई दिन भइसक्यो, ऊ कस्तो अवस्थामा छ केही थाहा छैन,’ पद्माले भनिन्। छोराको चाँडै उद्धार गरिदिन उनले अनुनय गरिन्।

इजरायल आक्रमणमा मृत्यु हुनेमा कैलाली घोडाघोडी नगरपालिका ४ का नारायणप्रसाद न्यौपाने, कैलालीकै बौनिया ३ का आशिष चौधरी, डोटी पचनली ३ का राजन फुलारा, डोटीकै लमिखाल ८ का पदम थापा, दार्चुला लेकम ५ का दीपेशराज विष्ट, दार्चुला मालिकार्जुन ४ का लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वी ६ का गणेशकुमार नेपाली रहेका छन्।

यस्तै धनुषा सपाही ६ का आनन्द साह, सुनसरी मधुवन १ का राजेशकुमार स्वर्णकार र सल्यान सारदा ३ का प्रवेश भण्डारी रहेका छन् भने अन्य चार जना अस्पतालमा उपचाररत छन् । घाइतेहरूमा सल्यान सारदा २ का विधान सेजवाल, दाङ दङ्गिशरण वडा नम्बर ३ का प्रवीण डाँगी, कैलाली टीकापुर ९ का धनबहादुर चौधरी, गोरखा ८ गोर्खाका हिमान्चल कट्टेल र कंचनपुर भीमदत्त ३ का विपिन जोशी छन्। 

इजरायलमा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत कुल २ सय ६५ विद्यार्थी इजरायल गएका छन्। 

उद्धारको माग गर्दै अभिभावकसहित विद्यार्थीहरुले निकाले मौन र्‍याली
इजरायलको युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीको तत्काल उद्धार गर्न माग गर्दै टीकापुरमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीले मौन र्‍याली निकालेका छन्। हाल इजरायलमा रहेका निश्चल पाण्डेका बुबा उत्तम पाण्डेले आफू लगायतका सयौं परिवार छोराछोरी संकटमा परेको खबर सुनेपछि छटपटी भएको बताए। उनले तत्काल उद्धार गर्न सरकारसँग माग गरे।

isreal1696853316.jpg

अर्का विद्यार्थी सुष्मा रेग्मीका बुबा डिल्लीरमण रेग्मीले आफ्नी छोरीलगायतका चार जनाले खान पाएको तर बंकरमा बसिरहेका खबर प्राप्त भएको जानकारी दिए। उनीहरू आत्तिरहेकाले छिटो घर फर्काउन सरकारसँग उनले अनुरोध गरे। 

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका उपप्राध्यापक आशिष घिमिरेले अरु देशका सरकारले आफ्ना नागरिकलाई सुरक्षित स्थानतर्फ लगिसके पनि हाम्रो सरकारले अहिलेसम्म पनि ‘पहल गर्दैछु’ मात्र भनिरहेकाले भन्दै आक्रोश व्यक्त गरे। उनले शीघ्र विद्यार्थीको उद्धारमा सरकार लाग्नुपर्ने बताए।

21696853305.jpg

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  २०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
मोदीखोलाको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार अविरल वर्षापछि मोदीखोलामा आएको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। शुक्रबार बिहान ८:१५ बजे उनीहरूको उद्धार गरिएको हो। शुक्रबार, साउन २९, २०८३
कास्कीमा २ वटा पुल बगायो , मन्दिरमा फसेका ३ जनाको उद्दार प्रयास जारी अविरल वर्षापछि आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ। शुक्रबार, साउन २९, २०८३
बाजुरामा पहिरो जाँदा दुई जना घाइते‚ एक बेपत्ता अविरल वर्षापछि आएको पहिरोमा परी बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई जना घाइते भएका छन्। एक जना बेपत्ता भएका छन्। पहिरोले दुई... शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्