काठमाडौं– सन् २०२३ को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार क्लाउडिया गोल्डिनलाई प्रदान गरिने भएको छ।
सोमबार बसेको नोबेल पुरस्कार समितिको बैठकले महिलाको आम्दानी र श्रम बजारको विस्तृत अध्ययन गरेकाले गोल्डिनलाई सो पुरस्कार दिने घोषणा गरेको हो। उनी हार्भर्ड विश्वविद्यालयकी अर्थशास्त्रकी प्रध्यापक हुन्।
उनको अध्ययनको क्षेत्रमा महिला श्रम, आम्दानीमा लैङ्गिक भिन्नता, आर्थिक असमानता, प्राविधिक परिवर्तन, शिक्षा र आप्रवासन समावेश छ।
उनको ‘करियर एन्ड फैमिलीः वुमन सेन्चुरी लङ जर्नी टुवर्ड इक्विटी’ नामक पुस्तक हालसालै प्रकाशित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।