काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले सरकारले राजनीतिक आस्थाको आधारमा कर्मचारीमाथि भेदभाव गरिरहेको आरोप लगाएका छन्।
उपसभापति निधीले सरकारले विपक्ष पार्टीमा आस्था राख्ने कर्मचारीलाई आतंकित पार्ने काम गरेको भन्दै आपत्ति पनि जनाए।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारका लागि आवश्यक प्रशासनिक संरचना समेत नबनाएको भन्दै सरकारको चर्को आलोचना गरे।
उपसभापति निधीले निजामती कर्मचारीहरुको उचित व्यवस्था गर्न पार्टीले सक्दो पहल गर्ने आश्वासन पनि दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।