काठमाडौं– प्यालेस्टायनी उग्रवादी संगठन हमासको आक्रमणमा परी मृत्यु हुनेको संख्या कम्तिमा ६ सय पुगेको छ।
यता इजरायलका तर्फबाट गाजामा एअर स्ट्राइक जारी रहेको छ। जसमा अहिलेसम्म ३७० भन्दा बढी प्यालेस्टायनी नागरिकको मृत्यु भएको छ। जसमा एक गर्भवती महिला र २० बालबालिका रहेका छन्।
यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले आफ्ना पनि कैयौं नागरिक बेपत्ता भएको बताएका छन्। केही रिपोर्टस् अनुसार इजरायलमा कैयौं अमेरिकी नागरिक पनि मारिएका छन्।
उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थी पनि मारिएका छन्। इजरायलस्थित नेपाली राजदूतावासले १० विद्यार्थी मारिएको पुष्टि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।