• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पर्खालभित्र मात्र सीमित भयाे लुम्बिनी गुरुयोजना, पूरा भएन जग्गादातालाई दिएको आश्वासन

64x64
नेपाल लाइभ सोमबार, भदौ २५, २०७५  ०२:१७
1140x725

भैरहवा- लुम्बिनी सांस्कृतिक नगरपालिका ५ का ७५ वर्षीय अब्दुल मुसलमानको ४ बिघा खेतीयोग्य जग्गा थियो। सोही जग्गाबाट हुने आम्दानीले उनीहरूको जीवनकोपार्जन चल्दै आएको थियो। लुम्बिनीको विकासका लागि लुम्बिनी विकास कोषले स्थानीयवासीको जग्गा अधिग्रहण गर्ने निर्णय गर्‍यो। मुसलमानको पनि चारै बिघा जग्गा अधिग्रहणमा पर्‍यो। सम्पूर्ण जग्गा कोषले अधिग्रहण गरेपछि उनी जग्गाविहीन भए।

जग्गाधनी परिवारका सदस्यलाई कोषमा जागिर दिने प्रलोभनमा पारेर कोषले जग्गा अधिग्रहण गरेको थियो। मुसलवान विगत सम्झँदै भन्छन्, ‘कोषले जागिर नदिएपछि परिवार पाल्न निकै धौधौ भयो। छोराहरू ठूला भएपछि वैदेशिक रोजगारीबाट कमाएको केही पैसाले खेतीयोग्य जमिन किनेर जीविकोपार्जन गर्दै आएको छु।' 

कोषमा जति रकम आउँछ, कोषको पर्खालभित्रै खर्च हुन्छ। कोषले स्थानीयको जीवनस्तर उकास्ने गरी अहिलेसम्म बाहिरी क्षेत्रमा खासै काम गरेको छैन। जग्गा अधिग्रहण गर्ने बेला जागिर दिने प्रतिबद्धता कोषले गरेको भए पनि हालसम्म कसैले पाएका छैनन्। 

‘इसापूर्व १ हजार ३ सयतिर लुम्बिनी कपिलवस्तु गणराज्यको एउटा सुन्दर बगैंचा थियो। जसको रूपावती नामकरण गरिएको थियो। विभिन्न किसिमका आर्कषक फूल फुल्थे। जंगलको बीचमा थियो लुम्बिनी। त्यही लुम्बिनीमा  म जस्ता थुप्रै दाजुभाइको जग्गा थियो,’ मुसलमानले भने।

सन् १९७० मा विश्व सम्पदा सूचीमा सूचीकृत भएपछि लुम्बिनी विकासले फड्को मार्न सुरु गर्‍यो। त्यसपछि सन् १९७८ मा जापानका वास्तुकलाविद् केन्जो टाँगेले लुम्बिनीको विकासका लागि २५ वर्गमाइल क्षेत्रफल समेटेर लुम्बिनी गुरुयोजना तयार पारे। उक्त गुरुयोजनामा लुम्बिनी वरिपरि रहेका स्थानीयको जीवनस्तर उकास्ने योजना पनि थियो। तर लुम्बिनीलाई १ हजार १ सय ५५ बिघामा मात्रै विकास गरियो। सोभन्दा बाहिरका स्थानीयको अवस्था जस्ताको त्यस्तै छ।

स्थानीयले उत्पादनले पाहुनालाई स्वागत गर्नुपर्छ
लुम्बिनीसहित स्थानीयवासीको विकासका लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्नेमा लुम्बिनी विकास कोष आफ्नो पर्खालको घेराभित्र मात्रै सीमित रहँदा स्थानीय पिछडिएको छ। लुम्बिनीका कारण स्थानीयहरु अहिलेसम्म पनि बाहिरी धुलो, माटो, प्रदूषणबाट पीडित छन्। तर कोषले स्थानीयको विकास गर्न रुचि नदेखाउँदा लुम्बिनीको क्षेत्र विस्तार हुन सकेको छैन। लुम्बिनी गुरुयोजनासँगै बाहिरको पनि विकासमा जाेड दिनुपर्छ। लुम्बिनीमा आउने विदेशी पाहुनाको स्वागतका लागि स्थानीयले उत्पादन गरेको वस्तुको प्रयोग गरी स्थानीयको जीवनशैली परिवर्तन गर्ने कार्यक्रम ल्याउनुपर्छ। किनकि लुम्बिनी कृषिका लागि उर्वर भूमि हो। सरकारले किसानलाई अर्गानिक खेतीतर्फ आर्कषित गर्न सके यहाँको उत्पादन विश्वभर पुग्छ। यसले स्थानीयको जीवनस्तर माथि उठ्नुका साथै लुम्बिनीको पहिचान समेत बढ्दै जानेछ। यसका लागि लुम्बिनीको नाममा आउने राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाका कार्यक्रम ठूला होटलमा नभई फिल्डमा आएर गर्न प्रोत्साहन गर्नुपर्छ।
—फकरुद्दिन खान, सांसद प्रदेश ५

इसापूर्वक तेस्रो शताब्दी (मौर्यकाल) मा लुम्बिनीको मायादेवी मन्दिरको संरचना रहेको इतिहास छ। लुम्बिनीको समग्र विकास र संरक्षणको लागि लुम्बिनी विकास कोष गठन भएपछि लुम्बिनीमा विकास सुरु भएको हो। अहिले कोषको क्षेत्रअधिकारमा ३ वर्ग माइलमा मात्र गुरुयोजनामा समावेश गरिएको छ। कोषले पर्खालभित्र मात्रै विकास गरिरहे पनि पर्खाल बाहिरका गाउँ अझै पनि उही पुरानै स्थिति छन्। कोषले स्थानीयको जीवनस्तर उकास्न कुनै योजना ल्याएको छैन।

लुम्बिनीको विकासका लागि मुसलमानले जस्तै लुम्बिनीवासीले आफ्नो बिघौंबिघा जग्गा कोषलाई दिए। जग्गा दिए पनि कोषले अहिले उपेक्षा गरेको स्थानीयको गुनासो छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अधिकांश स्थानियवासी कोषको कामप्रति रुष्ट छन्। लुम्बिनी विकास कोषले उपेक्षा गरेकै कारण स्थानीयको जीवनस्तरमा खासै परिवर्तन आउन सकेको छैन। लुम्बिनीको नेतृत्व सम्हाल्न आउने बाहिर जिल्लाका पदाधिकारीले यहाँको विकासको लागि योजना नबनाएकाले जीवनस्तर जहाँको त्यही रहेको उनीहरुको बुझाइ छ।

विश्वका लाखौँ बौद्धमार्गी आउने यस तीर्थस्थलमा कोषले ३ वर्ग माइलमा फैलिएको क्षेत्रफल मात्रै लुम्बिनी सम्झिँदै आएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका ६ मोहम्मदपुरका ६९ वर्षीय मोहम्मद हुसेनले भने, ‘हामीले लुम्बिनीको विकासका लागि चौकिदारको भूमिका निर्वाह गर्‍यौं, तर आजसम्म सरकारले स्थानीयको विकासको लागि केही पनि काम गरेको छैन।’ लुम्बिनी क्षेत्र मुस्लिम बाहुल्य क्षेत्र हो। ३ वर्गमाइल वरिपरि मुस्लिम समुदायको बसोबास छ।

गुरुयोजना पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्छ
​
उपेक्षित गरेकै कारण स्थानीयको जीवनस्तर परिवर्तन नभएको हो। जापानका वास्तुकलाविद् प्रोफेसर केन्जो टाँगेले तयार पारेको गुरुयोजना पूर्ण रुपमा कार्यान्वयनमा आएको भए लुम्बिनीवासीको जीवनस्तर निकै माथि उठेको हुन्थ्यो। सरकारले लुम्बिनीवासीलाई उपेक्षा गरेको कारण आज उनीहरु जहाँको त्यही छन्।
—प्राडा गितु गिरि, संस्कृतिविद

'पहिला लुम्बिनी हामीलाई आफ्नै जस्तै लाग्थ्यो, ससाना हुँदा मायादेवी मन्दिरमा खेल्न जान्थ्यौं। भैंसी चराउन्थ्यौं तर मन्दिरलाई सधै संरक्षण नै गर्दथ्यौं। लुम्बिनी र मायादेवी मन्दिरका हामी चौकिदार थियौं। फलस्वरुप आज लुम्बिनी बन्यो। विश्वमै परिचित पनि भयो,' उनले भने, 'तर आज हामी जहाँको त्यहीँ छौं। हिजो लुम्बिनीको संरक्षण हामीले गर्‍यौं, कोषले जग्गा अधिग्रहण गर्दा लुम्बिनी विकाससँगै लिएर हिँड्ने गरेको  वाचा खै?'

Xtrem

Xtrem

आज लुम्बिनी बन्दै गएपछि कोषले आफूहरुको हात चटट्कै छाडेर एक्लै हिँडिरहेको छ उनले सुनाए। ‘सरकराले लुम्बिनीलाई पर्खालभित्र घेरेर राखेको छ, हामीलाई दैलोमा रहेको लुम्बिनी पनि टाढा छ,’ उनले थपे, 'हाम्रै दैलोमा रहेको र हामीले नै संरक्षण गरेको मायादेवी मन्दिरको दर्शन गर्न जानुपरे नागरिकता नै बोकेर जानुपर्ने स्थिति छ, यो कस्तो बिडम्बना?' 

लुम्बिनी संरक्षण तथा सेवा शुल्कको नाममा उठाउँदै आएको शुल्क सम्पूर्ण नेपालीहरुका लागि छुट हुनुपर्ने माग उनले राखे। 'कोषले रोजगारीको लोभ देखाएर हाम्रो जग्गा अधिग्रहण गरिए पनि जागिर त टाढाको कुरा, कोषका पदाधिकारीको नाकमुख समेत देख्न पाइँदैन,' लुम्बिनी सांस्कृतिक नगरपालिका तेनुहावाका अमिरुल्लाह मुसलमानले भने, ‘आज कोषले हामीलाई एक मुठो खरसमेत ल्याउन दिँदैन। जग्गा दिएर हामीले पाएको प्रतिफल यत्ति हो।’

लुम्बिनीको विकासका लागि कोषले  कहिल्यै छलफल नगरेको उनको भनाइ छ। 'लाखौं करोडौं रुपैयाँ आउँछ। त्यही कोषको पर्खालभित्रै त्यो रकम खर्च हुन्छ,' उनी भन्छन्।

लामो समयसम्म विकास अनुभूति गर्न नपाएका स्थानीयले सरकारको रुपमा नगरपालिका आएपछि विस्तारै विकास निर्माणले गति लिएको उनले बताए। विगतमा नगरपालिकाले खासै काम नगरे पनि यस वर्षदेखि हिलाम्मे बाटोमा गिट्टी, बालुवा खसालेर  केही राहत पुर्‍याएको उनको भनाइ छ।

के भन्छ कोष? 
लुम्बिनी विकास कोषका कार्यवाहक सदस्य सचिव सरोज भट्टराई भने कोषका कारण स्थानीय लाभान्वित भएको र आवश्यकभन्दा बढी सुविधा पाएको दाबी गर्छन्। उनले कोषको ऐनअनुसार काम गर्नुपर्ने भएकोले कोषले चाहेर पनि  स्थानियवासीको अपेक्षा बमोजिम काम गर्न नसकेको स्वीकार गरे।

'केही रचनात्मक काम गरेमा स्थानीयसँग हातमालो गरेर अगाडि बढ्न सकिन्छ,' उनले भने, 'कोषले स्थानियवासीको लागि काम गरे पनि सकेजति प्रचारप्रसार गर्न सकेनौं।'

लुम्बिनीका स्थानियवासीको विकासका लागि प्रदेश सरकारसँग छलफल भएको बताउँदै उनले यस क्षेत्रको विकासका लागि निजी क्षेत्रले पनि सहकार्य गर्नुपर्ने धारणा राखे।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०७५  ०२:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर वर्षाको सम्भावना, लुम्बिनी र गण्डकीका एक–दुई स्थानमा अति भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देशभर वर्षाको सम्भावना, लुम्बिनी र गण्डकीका एक–दुई स्थानमा अति भारी वर्षाको चेतावनी शुक्रबार, असोज ९, २०८३
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्