काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्ने भएको छ ।
यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि आजको लागि सारिएको थियो ।
बैठक बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने बताइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस र वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे बैठकमा छलफल हुने भएको छ।
समानुपातिकतर्फ प्राप्त मतको आधारमा पार्टीले ५७ सिट पाउने छ । प्रत्यक्षतर्फ १८२ सिट जितेकोले प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहने भएका छन् ।
निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद्को सूची बुझाउन आजसम्मको समय दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।