काठमाडौं– जेनजी आन्दोलनमा भएको दमनबारे तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी अलायन्सका अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।
उनीहरूले ‘कार्की आयोगको पूरा प्रतिवेदन खोइ’ भनेर प्रश्न गर्दै खबरदारी सभा आयोजना गरेका हुन् । सरकारले ५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगले २४ फागुनमा सरकारलाई प्रतिवेदन बुझाइसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।