काठमाडौं– दाङको तुलसीपुरबाट सल्यान जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
शनिबार तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिकास्थित मुलपानी बनस्पति कार्यालय नजिकै दुर्घटना पर्दा दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ की ३१ वर्षीया सुमित्रा सुनार र सल्यान त्रिवेणी गाउँपालिका–६ की ४० वर्षीया अनिता बोहरा रहेकी छन्।
उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।