काठमाडौं– काठमाडौं महानगरपालिकाले म्याद गुज्रिएको मदिरा(बियर) बिक्री वितरण गर्ने एक व्यापारीलाई दुई लाख जरिवाना तिराएको छ।
महानगरपालिकाले वडा नम्बर १६ ठमेलस्थित देवदास मानन्धरद्वारा सञ्चालित न्यू भिम स्टोरलाई दुई लाख जरिवाना गराएको हो।
बजार अनुगनमा क्रममा महानगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ (ड) बमोजिम उक्त कारबाही गरेको हो।
साथै महानगरपालिकाले उक्त म्याद नाघेको मदिरा राखेको स्टोरका बारेमा सोधपुछ गर्दा जानकारी दिनसमेत निर्देशन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।