काठमाडौं– पेशागत सुरक्षा र आक्रमण गर्नेलाई हदैसम्मको कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सक र सरकारबीच वार्ता सुरु भएको छ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको वार्तामा चिकित्सकहरुले उठाएको मागबारे छलफल भइरहेको छ।
मणिपाल अस्पताल, पोखरा लगायतका स्थानमा चिकित्सकमाथि कुटपिट तथा दुव्यर्वहार भएपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको आह्वानमा दिउँसो पनि वार्ताका लागि बोलाइएको थियो। तर उक्त वार्तामा एक जना मात्र चिकित्सक उपस्थित भएपछि वार्ता स्थगित भएको छ।
दिउँसोको वार्ता स्थगित गरेर चिकित्सकहरु आन्दोलदनमा उत्रिएका थिए। उनीहरु शनिबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।