काठमाडौं- विभिन्न ठाउँमा भएको चिकित्सकमाथिको आक्रमणको विरोधमा शनिबार पनि काठमाडौंमा डाक्टरहरुले प्रदर्शन गरेका छन्।
माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दे उनीहरुले चिकित्सकको सुरक्षाका माग गरेका छन्।
साथै दोषीमाथि कानुनी कारबाहीकोसमेत उनीहरुले माग गरेका छन्।
डाक्टरहरुको आन्दोलनलाई साथ दिन राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्की पनि प्रदर्शनस्थलमा पुगेकी थिइन्।





                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।