• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस १६, २०८२ Wed, Dec 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

छिमेकी देशको यात्रा, ‘तीर्थाटन’ को रहर!

64x64
ईश्वर बराल शनिबार, असोज १३, २०८०  १४:३०
1140x725

काठमाडौं– जेठ मध्येमा भारत प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमण सूचीमा मध्यप्रदेशस्थित इन्दौर–उज्जैनको महाकालेश्वर मन्दिर दर्शन पनि थियो। उनी त्यहाँ पुग्नुअघि सामान्य अवलोकन हुनसक्ने ठानिएको थियो। तर महाकालेश्वरमा उनी पूरापूर धार्मिक व्यक्तित्वमा परिणत भए। गेरुवा वस्त्रले बेरिएका उनले तीन धर्के तेर्सो चन्दन लगाए। गर्भगृहमा फूल चढाए, दूध चढाए। नेपालबाटै लगिएको रुद्राक्ष चढाए। जानी-नजानी आरतीसमेत गरे।

स्वाभाविक थियो, प्रचण्डको त्यस किसिमको धार्मिक समर्पणको नेपालमा आलोचना भयो। यद्यपि, उनले भने त्यसलाई सांस्कृतिक कूटनीतिको रुपमा प्रस्तुत गर्ने प्रयत्न गरे। ‘यसलाई हामीले सांस्कृतिक कूटनीतिको रुपमा किन नबुझ्ने? प्रधानमन्त्रीले नेपालको बृहत्तर हितमा यसलाई सदुपयोग गर्न खोजेको र एउटा नयाँ पहल लियो भनेर पो बुझिदिनुपर्छ। तर कतिपयले उल्टो बुझेका छन्,’ भ्रमणबाट फर्किएपछि उनले भनेका थिए।

कोहीकोहीलाई प्रचण्डले सधैं गेरुवस्त्र लगाएर हिँडिदिए हुन्थ्यो भन्ने भन्ने लागेको भए पनि आफूले त्यसो नगर्ने उनको थप प्रष्टीकरण थियो।

कट्टर भौतिकवादी र परम्परागत संस्कृतिको विनिर्माणकर्ताको पहिचान बनाएका प्रचण्डले पुस १० को सत्तारोहणपछि भने परम्परागत सांस्कृतिक अभ्यासलाई तीव्रता दिएका छन्। यदाकदा त्यसअघि पनि उनले धार्मिक व्यवहार नगरेका होइनन्, त्यसमा संकोचभाव भने देखिन्थ्यो। आजकाल उनी खुलेका देखिन्छन्।

भारत भ्रमणका क्रममा गरेको महाकालेश्वर मन्दिरको दर्शन गरेर आएका उनले पशुपतिनाथमा पनि पूजाआजा गरे। अन्यत्रको धार्मिक भ्रमण गरेपछि पशुपतिनाथ पनि दर्शन गर्ने धार्मिक प्रचलन छ। प्रचण्डले त्यसलाई वरण गरेका थिए। जसलाई संयोग मात्रै मान्न सकिँदैन।

प्रचण्डको ‘तLर्थाटन’को शृखंला उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा पनि दोहोरियो। एक साता लामो भ्रमण तालिका लिएर गत हप्ता चीन पुगेका उनले केही मन्दिरहरुको भ्रमण गरे। बिहीबार भने हिन्दू र बौद्धहरुको प्रसिद्ध तिर्थस्थल मानसरोवर पुगे। यो पनि शिवभक्तहरुको प्रसिद्ध तिर्थस्थल हो। यससँगै प्रचण्डले दक्षिणदेखि उत्तरसम्मका महत्त्वपूर्ण तीन शिव मन्दिरहरुको लगातार तLर्थाटन गरिसकेका छन्।

त्यसअघि बुधबार उनले तिब्बतको पोताला दरबारको अवलोकन गरेका थिए। यस्तै, प्रचण्डले दरबारनजिकै रहेको जोक्खाङ मन्दिरको पनि अवलोकन तथा दर्शन गरेका थिए।

प्रचण्डले राष्ट्रपति सी चिङफिङलाई र उनका समकक्षी ली छ्याङलाई क्रमशः आइतबार र मंगलबारै भेट गरिसकेका थिए। त्यसयता यस्तै विभिन्न पर्यटकीय र आधुनिक कृषि केन्द्रहरुको अवलोकन र भ्रमणमा केन्द्रित थिए।

Ncell 2
Ncell 2

प्रचण्डको यस किसिमको धार्मिक व्यवहारले चर्चा र आलोचना पाउने गरेका छन्। तर आफ्नो आलोचनाप्रति उनी खिन्न हुने गरेका छन्। भ्रमणका क्रममा नेपालको भारतसँगको सम्बन्ध विशेष तहमा पुर्‍याएको दाबी गर्ने गरेका उनले चर्चा भने ‘गेरुवा’ र मुर्रा भैंसीमा सीमित भएको भन्दै दुखेसो व्यक्त गर्ने गरेका छन्।

भारत भ्रमण भएको करिब तीन महिनापछि पोखराको एक कार्यक्रममा उनले भनेका थिए, ‘भारत भ्रमणका क्रममा त्यत्रो ‘पावर पोइन्ट एग्रिमेन्ट’ हरू छन्, त्यो सुन्नै नचाहने। त्यत्रो सीमानाको समस्या समाधान गर्ने ‘कमिटमेन्ट’ भएको छ, सुन्नै नचाहने। त्यत्रो परियोजना अघि बढ्दै छ, भन्नै नदिने, बोल्नै नदिने, अनि त्यो सबैलाई मुर्रा ल्याएर आएकोमा केन्द्रित गर्ने।’ 

अवश्य पनि, भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डले पारवहन, विद्युत् व्यापार लगायतका विषयमा महत्त्वपूर्ण सहमति गरेर आएका हुन्। त्यसको कार्यान्वयनको पाटो उत्तिकै पेचिलो रहेको विज्ञहरूले बताउने गरेका छन्। तर, सदनदेखि सडकसम्म ती विषयले कम चर्चा पाए। बरु, महाकालेश्वर दर्शन नै मुख्य विषय बनेर प्रस्तुत भयो। 

पछिल्लो पटक चीन जानुअघि उनले संसद्‌ र सार्वजनिक मञ्चहरुमा चीनसँग दीर्घकालीन महत्त्वका विषयहरुमा सम्झौता हुने बताएका थिए। तर आफ्ना समकक्षीसँगको भेटपछि नेपाल पक्षले सार्वजनिक गरेको सम्झौता र प्रोटोकलमा भने केही नयाँ थिएन। ढिलो गरी सार्वजनिक भएको संयुक्त वक्तव्यमा भने केही महत्त्वपूर्ण सम्झौताका सूची देखिन्छ। यसप्रति कतिपयले शंका व्यक्त गरेका छन्, कतिपयले पुरातन शैलीकै भएको विश्लेषण गरेका छन्।

शनिबार स्वदेश फर्किँदा उनले आफ्नो भ्रमणका विषयमा जारी गरेको वक्तव्यमा तLर्थाटनबारे केही उल्लेख गरेका छैनन्। यस विषयलाई चर्चामा ल्याउन नखोजेको आकलन गर्न सकिन्छ।

भूराजनीतिक मामिलाका जानकार चन्द्रदेव भट्टले प्रचण्डले आफ्नो भौतिकवादी छविलाई रुपान्तरण गरेर तिर्थालु भेषमा देखिन थाल्नुमा केही आन्तरिक र केही बाह्य कारण रहेको औंल्याउँछन्। 

‘भ्रमण कति सफल, कति असफल भयो भनेर ठम्याउने आ-आफ्नै तरिका होलान्। तर प्रचण्डबाट दुवै छिमेकी मुलकमा भएको भ्रमणका क्रममा हिन्दूमार्गीहरुको चर्चित तLर्थस्थल पुग्नुका केही सन्देश भने छ,’ भट्ट भन्छन्, ‘उनी नेपाल र भारतका बहुसंख्यक हिन्दूहरूलाई आफू हिन्दूविरोधी नरहेको देखाउन चाहन्छन्। किनकि प्रचण्ड र माओवादीले अब सिद्धान्तभन्दा पनि भोटको राजनीति गर्ने दिन आइसकेको बुझेका छन्।’

यो पनि पढ्नुहोस्
महाकालेश्वरमा प्रचण्ड : स्खलनको गहिरो बिन्दु

प्रधानमन्त्री प्रचण्डले पशुपतिमा चढाए महाकालेश्वरबाट ल्याएको जल

यस्तो छ प्रधानमन्त्री प्रचण्डको ‘भ्रमण वक्तव्य’ [पूर्णपाठ] 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस गौतम यसअघि जनादेश पार्टीमा थिइन् । उपाध्यक्ष बनाउने भने पनि नबनाएपछि एक महिनामै सो पार्टी छोडेर उनी आजपामा भित्रिएकी हुन् । मंगलबार, पुस १५, २०८२
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन मंगलबार काठमाडौँमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले त्यस्तो स्थित... मंगलबार, पुस १५, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) कांग्रेसले आज बुझाएको सूचीमा प्रथम राष्ट्रपति यादवका छोरा डा. चन्द्रमोहन यादव र वर्तमान राष्ट्रपति पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलक... मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन मंगलबार, पुस १५, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
ओलीको प्रश्न : एमाले-कांग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव छ र ? मंगलबार, पुस १५, २०८२
प्रधानमन्त्री कार्कीले भनिन् : ‘सांस्कृतिक विविधता नेपालको गौरव हो’ मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सुधन गुरुङको जोडबलमा कुलमानसहित त्रिपक्षीय छलफल सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्