• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

छिमेकी देशको यात्रा, ‘तीर्थाटन’ को रहर!

64x64
ईश्वर बराल शनिबार, असोज १३, २०८०  १४:३०
1140x725

काठमाडौं– जेठ मध्येमा भारत प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमण सूचीमा मध्यप्रदेशस्थित इन्दौर–उज्जैनको महाकालेश्वर मन्दिर दर्शन पनि थियो। उनी त्यहाँ पुग्नुअघि सामान्य अवलोकन हुनसक्ने ठानिएको थियो। तर महाकालेश्वरमा उनी पूरापूर धार्मिक व्यक्तित्वमा परिणत भए। गेरुवा वस्त्रले बेरिएका उनले तीन धर्के तेर्सो चन्दन लगाए। गर्भगृहमा फूल चढाए, दूध चढाए। नेपालबाटै लगिएको रुद्राक्ष चढाए। जानी-नजानी आरतीसमेत गरे।

स्वाभाविक थियो, प्रचण्डको त्यस किसिमको धार्मिक समर्पणको नेपालमा आलोचना भयो। यद्यपि, उनले भने त्यसलाई सांस्कृतिक कूटनीतिको रुपमा प्रस्तुत गर्ने प्रयत्न गरे। ‘यसलाई हामीले सांस्कृतिक कूटनीतिको रुपमा किन नबुझ्ने? प्रधानमन्त्रीले नेपालको बृहत्तर हितमा यसलाई सदुपयोग गर्न खोजेको र एउटा नयाँ पहल लियो भनेर पो बुझिदिनुपर्छ। तर कतिपयले उल्टो बुझेका छन्,’ भ्रमणबाट फर्किएपछि उनले भनेका थिए।

कोहीकोहीलाई प्रचण्डले सधैं गेरुवस्त्र लगाएर हिँडिदिए हुन्थ्यो भन्ने भन्ने लागेको भए पनि आफूले त्यसो नगर्ने उनको थप प्रष्टीकरण थियो।

कट्टर भौतिकवादी र परम्परागत संस्कृतिको विनिर्माणकर्ताको पहिचान बनाएका प्रचण्डले पुस १० को सत्तारोहणपछि भने परम्परागत सांस्कृतिक अभ्यासलाई तीव्रता दिएका छन्। यदाकदा त्यसअघि पनि उनले धार्मिक व्यवहार नगरेका होइनन्, त्यसमा संकोचभाव भने देखिन्थ्यो। आजकाल उनी खुलेका देखिन्छन्।

भारत भ्रमणका क्रममा गरेको महाकालेश्वर मन्दिरको दर्शन गरेर आएका उनले पशुपतिनाथमा पनि पूजाआजा गरे। अन्यत्रको धार्मिक भ्रमण गरेपछि पशुपतिनाथ पनि दर्शन गर्ने धार्मिक प्रचलन छ। प्रचण्डले त्यसलाई वरण गरेका थिए। जसलाई संयोग मात्रै मान्न सकिँदैन।

प्रचण्डको ‘तLर्थाटन’को शृखंला उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा पनि दोहोरियो। एक साता लामो भ्रमण तालिका लिएर गत हप्ता चीन पुगेका उनले केही मन्दिरहरुको भ्रमण गरे। बिहीबार भने हिन्दू र बौद्धहरुको प्रसिद्ध तिर्थस्थल मानसरोवर पुगे। यो पनि शिवभक्तहरुको प्रसिद्ध तिर्थस्थल हो। यससँगै प्रचण्डले दक्षिणदेखि उत्तरसम्मका महत्त्वपूर्ण तीन शिव मन्दिरहरुको लगातार तLर्थाटन गरिसकेका छन्।

त्यसअघि बुधबार उनले तिब्बतको पोताला दरबारको अवलोकन गरेका थिए। यस्तै, प्रचण्डले दरबारनजिकै रहेको जोक्खाङ मन्दिरको पनि अवलोकन तथा दर्शन गरेका थिए।

प्रचण्डले राष्ट्रपति सी चिङफिङलाई र उनका समकक्षी ली छ्याङलाई क्रमशः आइतबार र मंगलबारै भेट गरिसकेका थिए। त्यसयता यस्तै विभिन्न पर्यटकीय र आधुनिक कृषि केन्द्रहरुको अवलोकन र भ्रमणमा केन्द्रित थिए।

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्डको यस किसिमको धार्मिक व्यवहारले चर्चा र आलोचना पाउने गरेका छन्। तर आफ्नो आलोचनाप्रति उनी खिन्न हुने गरेका छन्। भ्रमणका क्रममा नेपालको भारतसँगको सम्बन्ध विशेष तहमा पुर्‍याएको दाबी गर्ने गरेका उनले चर्चा भने ‘गेरुवा’ र मुर्रा भैंसीमा सीमित भएको भन्दै दुखेसो व्यक्त गर्ने गरेका छन्।

भारत भ्रमण भएको करिब तीन महिनापछि पोखराको एक कार्यक्रममा उनले भनेका थिए, ‘भारत भ्रमणका क्रममा त्यत्रो ‘पावर पोइन्ट एग्रिमेन्ट’ हरू छन्, त्यो सुन्नै नचाहने। त्यत्रो सीमानाको समस्या समाधान गर्ने ‘कमिटमेन्ट’ भएको छ, सुन्नै नचाहने। त्यत्रो परियोजना अघि बढ्दै छ, भन्नै नदिने, बोल्नै नदिने, अनि त्यो सबैलाई मुर्रा ल्याएर आएकोमा केन्द्रित गर्ने।’ 

अवश्य पनि, भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डले पारवहन, विद्युत् व्यापार लगायतका विषयमा महत्त्वपूर्ण सहमति गरेर आएका हुन्। त्यसको कार्यान्वयनको पाटो उत्तिकै पेचिलो रहेको विज्ञहरूले बताउने गरेका छन्। तर, सदनदेखि सडकसम्म ती विषयले कम चर्चा पाए। बरु, महाकालेश्वर दर्शन नै मुख्य विषय बनेर प्रस्तुत भयो। 

पछिल्लो पटक चीन जानुअघि उनले संसद्‌ र सार्वजनिक मञ्चहरुमा चीनसँग दीर्घकालीन महत्त्वका विषयहरुमा सम्झौता हुने बताएका थिए। तर आफ्ना समकक्षीसँगको भेटपछि नेपाल पक्षले सार्वजनिक गरेको सम्झौता र प्रोटोकलमा भने केही नयाँ थिएन। ढिलो गरी सार्वजनिक भएको संयुक्त वक्तव्यमा भने केही महत्त्वपूर्ण सम्झौताका सूची देखिन्छ। यसप्रति कतिपयले शंका व्यक्त गरेका छन्, कतिपयले पुरातन शैलीकै भएको विश्लेषण गरेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शनिबार स्वदेश फर्किँदा उनले आफ्नो भ्रमणका विषयमा जारी गरेको वक्तव्यमा तLर्थाटनबारे केही उल्लेख गरेका छैनन्। यस विषयलाई चर्चामा ल्याउन नखोजेको आकलन गर्न सकिन्छ।

भूराजनीतिक मामिलाका जानकार चन्द्रदेव भट्टले प्रचण्डले आफ्नो भौतिकवादी छविलाई रुपान्तरण गरेर तिर्थालु भेषमा देखिन थाल्नुमा केही आन्तरिक र केही बाह्य कारण रहेको औंल्याउँछन्। 

‘भ्रमण कति सफल, कति असफल भयो भनेर ठम्याउने आ-आफ्नै तरिका होलान्। तर प्रचण्डबाट दुवै छिमेकी मुलकमा भएको भ्रमणका क्रममा हिन्दूमार्गीहरुको चर्चित तLर्थस्थल पुग्नुका केही सन्देश भने छ,’ भट्ट भन्छन्, ‘उनी नेपाल र भारतका बहुसंख्यक हिन्दूहरूलाई आफू हिन्दूविरोधी नरहेको देखाउन चाहन्छन्। किनकि प्रचण्ड र माओवादीले अब सिद्धान्तभन्दा पनि भोटको राजनीति गर्ने दिन आइसकेको बुझेका छन्।’

यो पनि पढ्नुहोस्
महाकालेश्वरमा प्रचण्ड : स्खलनको गहिरो बिन्दु

प्रधानमन्त्री प्रचण्डले पशुपतिमा चढाए महाकालेश्वरबाट ल्याएको जल

यस्तो छ प्रधानमन्त्री प्रचण्डको ‘भ्रमण वक्तव्य’ [पूर्णपाठ] 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उनले पछिल्लो समय नेपालमा भएका ठूला बाढीका घटनाले विपद् जोखिम... मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहीले ३ हजार ९०६ मत प्राप्त गर्दै सहमहामन्त्री पद जितेका हुन्। मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ समिति बैठकको सुरुमै समिति सभापति बोधनारायण श्रेष्ठले सकेसम्म नेपाली भासामा बोल्न रुलिङ गरेका छन् । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
घरबाटै विपद् उत्थानशीलता अभियान सुरु, पूर्वतयारीमा एआई प्रयोगमा जोड मंगलबार, असोज २७, २०८३
‘विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छ’ : मन्त्री गौतम मंगलबार, असोज २७, २०८३
काठमाडौं प्रहरीको स्वीप अपरेशनमा ९८ जना पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्