• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

डिभिजन वन पहलमानपुरबाटै वन फँडानी, संरक्षक भन्छन–‘म असुरक्षित भएँ’

64x64
शेरबहादुर ऐर शुक्रबार, असोज १२, २०८०  २०:३१
1140x725

धनगढी-  डिभिजन वन कार्यालयको दायित्व नै हो साना तथा ठूला रुखहरुको विनास हुन नदिने तथा संरक्षण गर्ने। तर, कैलालीमा डिभिजन वन कार्यालयबाटै रुखहरु काटिएका छन्।

सामुदायिक वन अतिक्रमण भएको भन्दै व्यक्तिले रोपेका नर्सरीका बोटबिरुवाहरु डिभिजन वन कार्यालय पहलमानपुरले काटेको हो।  कैलालीको भजनी नगरपालिका वडा नम्बर ९ अम्बैयाका जितबहादुर बडेलाले नर्सरीभित्र विभिन्न जातका बोटविरुवाहरु रोपेका थिए। वर्षौँदेखि उनले संरक्षण गरेका बोट बिरुवमा वन कार्यालयले मेसिन चलाएर काटेको उनले बताएका छन् ।

‘मैले नर्सरीभित्र साल, सिसम, अमला, कागती, आँप लगायत एक हजार बोटविरुवाको संरक्षण गर्दै आएको थिएँ। सोही नर्सरीभित्र डाले घाँस पनि रोपेको थिएँ,’ उनले भने –‘तर, गएकाे बिहीबार डिभिजन वन कार्यालयको टोलीले वन अतिक्रमण गरेको भन्दै ठूला रुखहरुमा मेसिन चलाएर काटेको छ।’ उनले वन नियम अनुसार कसैले पनि रुख अनुमति बिना काट्न नपाइने व्यवस्था हुँदा समेत वन कार्यालयले जानकारी नगराइ रुख काटेको बताए। 

उनले भने, ‘वन अतिक्रमण गरेर नर्सरी निर्माण भएको भए वन कार्यालयले सरसल्लाह गर्नुपर्ने थियो। मैले नर्सरीभित्र कुनै भौतिक संरचना निर्माण पनि गरेको छैन। तारजाली लगाएर नर्सरी संरक्षण गर्दै आएको थिएँ। संरक्षित रुख त्यसरी काटिनु उपयूक्त होइन।’

डिभिजन वन कार्यालयले दिउँसो त्यहाँ रहेका फलफूलका विरुवा मेसिनबाट काटेको थियो भने राति साल र सिसमका बोट काटेको थियो। डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत नितेस भट्टराईको नेतृत्वमा वन रक्षकहरुले त्यहाँ रहेका झण्डै एक हजार रुख कटान गरेको उनको भनाइ छ।

Ncell 2
Ncell 2

नर्सरी र सोही क्षेत्रमा रहेको सयपुरी सामुदायिक वनबीच जग्गासम्बन्धी विवाद रहेको थियो। जितबहादुरले अढाई विघामा नर्सरी निर्माण गरेका थिए। उनले भने, ‘सामुदायिक वनले मैले बनाएको नर्सरीको केही भाग सामुदायिक वनलाई दिन भनेको थियो। मैले सहमति पनि जनाइसकेको थिएँ। सामुदायिक वनलाई आधा जग्गा दिने सहमति भएको हो।’

वनका सल्लाहकार दानबहादुर चौधरीले डिभिजन वन कार्यालयले दादागिरी शैलीमा जथाभावीबी बोटविरुवा काटेको प्रतिक्रिया दिए। उनले भने, ‘हामीले नर्सरीमा रहेको जग्गाको केही क्षेत्र सामुदायिक वनलाई दिन सरसल्लाह गरेका थियौँ। सोही अनुसार प्रक्रिया अघि बढेको थियो। हामीलाई डिभिजन वन कार्यालयले नर्सरी नहटाए सामुदायिक वनभित्रै ताला लगाउने धम्की दिएको थियो । त्यसपछि हामीले केही प्रतिक्रिया दिन सकेका छैनौँ।’

उनले सामुदायिक वनकै नेतृत्वमा रुख फँडानी भएको र त्यसमा स्थानीय कसैको संलग्नता नरहेको बताए। उनले भने, ‘तीन वटा गाडीमा वन रक्षकहरु आए। नर्सरीभित्र मेसिन चलाएर रुख कटान गरे।’ उनले बोटबिरुवा नष्ट गर्दा स्वभाविक रुपमा पर्यावरणमा असर पर्ने बताए।

डिभिजन वन कार्यालयका वन अधिकृत भट्टराईले नर्सरीलाई सामुदायिक वन बनाउन रुखहरु कटान गरेको बताए। उनले भने, ‘साल, सिसमका रुख हामीले फँडान गरेका होइनौँ। अतिक्रमण हटाइ सामुदायिक वनभित्र ल्याउन केही फलफूलका रुख काटिएको हो। हामीले त्यहाँ साल रोप्न भनेका छौँ।’ जितबहादुरले सामुदायिक वनका अध्यक्षले तारजाली हटाएर सामुदायिक वनभित्र ल्याउन खोज्दा ज्यान मार्ने धम्की दिएकाले डिभिजन वनले हष्तक्षेप गरेको उनकाे भनाइ छ।

उनले भने, ‘सालको वन बनाउन अतिक्रमण हटाएका हौं । वनलाई त वन नै बनाउनुपर्यो।’

नर्सरीका जितबहादुरले भने, ‘डिभिजन वनका बेथिति र बोटविरुवाको संरक्षणबारे आवाज उठाउँदा अहिले डिभिजन वन कार्यालयले आफ्नै ठाउँमा कदम राख्न नसक्ने बनाएको छ। राति रुखहरु आफैँ कटान गरेर अहिले मैले सालका रुख काट्यो भन्दै झूटा मुद्दा प्रहरीमा दायर भएको छ। नर्सरीनजिकै प्रहरी चौकी छ तर, त्यति ठुलो आवाज आउने गरी नर्सरीभित्र मेसिन चल्दासमेत प्रहरीले जानकारी नभएको प्रतिक्रिया दिइरहेको छ।’

उनले आफू असुरक्षित भएकाे भन्दै धनगढीमा आएर पत्रकार सम्मेलन गरेर सो घटनाबारे बताएका हुन्। आफ्नो सुरक्षा माग गर्नुपर्ने स्थिति डिभिजन वन कार्यालयले निम्त्याएको उनकाे भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  २०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट बुधबार, माघ १४, २०८२
दार्चुला पुगे बालेन, समर्थकको घुइँचो बुधबार, माघ १४, २०८२
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार बुधबार, माघ १४, २०८२
सर्लाहीबाट गगनले भने- मधेशको जेठो छोरा कांग्रेस भएकाले सेवा गर्न म झरेँ बुधबार, माघ १४, २०८२
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्