काठमाडौं- झापाको दमक नगरपालिका-१ कुमाल चौकमा छुरा प्रहारबाट एक युवाको हत्या गरिएको छ। इलामको चुलाचुली गाउँपालिका-३ घर भएका ३८ वर्षीय गोविन्द लिम्बुको शुक्रबार बिहान छुरा प्रहार गरी हत्या गरिएको हो।
दमक नगरपालिका-७ बस्ने २५ वर्षीय सनम राईले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका लिम्बुलाई तत्काल उपचारको लागि लाइफ लाइन अस्पताल दमक लगिएकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको हो।
घटनापश्चात राई छुरा लिई फरार भएको प्रहरीले जनाएको छ। राईसँगै ठेगाना नखुलेका करिब २३ वर्षीय पुरुष समेत संलग्न रहेको भन्ने जानकारी आएपछि इलाका प्रहरी कार्यालय दमकले खोजी कार्य सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।