काठमाडौं- दोलखामा ४ किलो सुन जस्तो धातुसहित पाँच जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले ४ किलो सुन जस्तो धातुसहित पाँच जनालाई पक्राउ गरेको हो।
दोलखा बिगु गाउँपालिका- १ बस्ने १९ वर्षीय पेम्बा तामाङ, २० वर्षीय माधव मगर, २८ वर्षीय केशर तामाङ, ३० वर्षीय सुनमाला तामाङ र ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा छन्।
पक्राउ परेकाहरुलाई भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दामा दोलखा जिल्ला अदालतबाट ८ दिन म्यान थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उक्त धातु सुन हो वा होइन भन्ने यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता तथा इन्स्पेक्टर धर्मेसकुमार यादवले बताए।
परीक्षण गरेपछि मात्रै यसको थप विवरणहरु सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।