काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले राष्ट्रपति रामचन्द्र पौडेलका साथै विशिष्ट अतिथिहरुलाई आभार प्रकट गरेका छन्।
बिहीबार इन्द्रजात्राका अवसरमा काठमाडौं महानगरपालिकाको अनुरोध स्वीकार गर्दै सवारी निषेधित क्षेत्रमा सवारी प्रवेश नगराएकोप्रति आभार व्यक्त गरेका हुन्।
बिहीबार साँझ सामाजिक सञ्जालमा लेख्दै शाहले भनेका छन्, ‘महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेइकल जोन (सवारी निषेधित क्षेत्र)मा सवारी साधन प्रवेश गराइदिनुभएन। उहााहरुले जुद्ध शालिकदेखि नै पैदल गइ जात्रा अवलोकन गरिदिनु भो। हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथिहरुको जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ। हाम्रो अनुरोधको परिवर्तन स्वीकार गरिदिनुभएकोमा आभारी छौं।’
बिहीबार इन्द्र जात्रा अवलोकनका लागि गएका राष्ट्रपति पौडेल लगायतले सवारी साधन निषेधित क्षेत्रमा प्रवेश नगराइ जुद्ध शालिकदेखि पैदल गएका थिए।
![382326489_3228409707305072_6875923517426459201_n1695912755.jpg](https://nepallive.net/uploads/posts/382326489_3228409707305072_6875923517426459201_n1695912755.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।