काठमाडौं– प्रहरीले त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउनेमाथि आक्रमणमा संलग्न एक जना अभियुक्तलाई पक्राउ गरेको छ।
बिहीबार प्रहरीले सयुस श्रेष्ठलाई रातोपुलबाट पक्राउ गरेको हो। पाटन उच्च अदालतको आदेशको अवज्ञा गर्दै साढे दुई वर्षदेखि फरार रहेका श्रेष्ठ पक्राउ परेका हुन्।
उक्त आक्रमणमा संलग्न नेविसंघका सात जनामध्ये दुई जना फरार रहेका थिए। यसअघि नै पक्राउ परेकाहरुलाई पाटन उच्च अदालतले जनही पाँच लाख धरौटीमा रिहा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।