काठमाडौं– नेकपा एकीकृत समाजवादीको ‘समाजवादी जागरण अभियान’ पूर्वको काँकडभिट्टामा सुरु भएर पश्चिमको वीरेन्द्रनगरमा समापन हुने भएको छ। अभियान सुरु हुनुभन्दा अघिल्लो दिन झापाको काँकडभिट्टामा पत्रकार सम्मेलन हुनेछ।
असोज १४ गते बिहान ९ बजे पहिलो कार्यक्रम काँकडभिट्टामा हुनेछ। त्यस दिन पाँच स्थानमा कार्यक्रम हुनेछ। असोज १५ इटहरीलगायत चार स्थानमा कार्यक्रम हुनेछ। असोज १६ गते राजविराजलगायत सात स्थानमा कार्यक्रम हुनेछ।
असोज १७ गते जनकपुरलगायत पाँच, असोज १८ गते गरुडालगायत चार र असोज १९ गते पथलैयालगायत पाँच ठाउँमा कार्यक्रम हुनेछ।
यसैगरी असोज २० गते कावासोतीलगायत तीन, असोज २१ गते भैरहवासहित दुई, असोज २२ गते सैनामैनासहित चार स्थानमा कार्यक्रम हुनेछ।
त्यस्तै, असोज २३ गते घोराहीसहित तीन, असोज २४ गते नेपालगञ्जसहित पाँच, असोज २५ गते राजपुरसहित दुई, असोज २६ गते लम्कीसहित चार, असोज २७ गते पुनर्वाससहित चार र असोज २८ गते छिञ्चुसहित दुई स्थानमा कार्यक्रम भई अभियान सम्पन्न हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।