काठमाडौं– संघीय संसद्को चौथो ठूलो दल, राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो राजनीतिक दस्तावेजका लागि सार्वजनिक विचार मन्थनको कार्यक्रम राख्ने भएको छ। बुधबार बसेको सो दलको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो।
‘पार्टीको राजनीतिक दस्तावेज निर्माणका लागि विभिन्न क्षेत्रका विज्ञ, बौद्धिक, पेसा व्यवसायीहरुसँग पनि छलफल गर्ने गरी नीति विचार मन्थन कार्यक्रम आयोजना गर्ने निर्णय गरियो,’ बैठकको निर्णय सार्वजनिक गर्दै रास्वापले जनाएको छ।
सो कार्यक्रमको लागि रास्वपाले स्वर्णिम वाग्लेको संयोजकत्वमा आयोजक समिति गठन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।