काठमाडौं- दोलखामा ४ किलो सुन जस्तो धातुसहित ३ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले ४ किलो सुन जस्तो धातुसहित ३ जनालाई पक्राउ गरेको हो।
उक्त धातु सुन हो वा होइन भन्ने यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता तथा इन्स्पेक्टर धर्मेसकुमार यादवले बताए। सुन जस्तो धातु बरामद भएको जानकारी आएपछि दोलखाका डीएसपी दीपक खड्का समेत सिंगटी गएका छन्।
परीक्षण गरेपछि मात्रै यसको थप विवरणहरु सार्वजनिक गरिने प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुको विवरण पनि अहिले सार्वजनिक गरिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।