ल्हासा– चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बिहीबार) कैलाश पर्वत र मानसरोवर जाने भएका छन्। प्रधानमन्त्री प्रचण्ड बुधबार तिब्बतको ल्हासा आएका थिए।
प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन्। कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनको साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि छन्।
बुधबार ल्हासा आइपुगेका प्रधानमन्त्री प्रचण्ड यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए। प्रधानमन्त्री प्रचण्ड गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।