काठमाडौं– नेपाली कांग्रेसको संखुवासभा जिल्ला कार्यसमितिका सभापति दिपक खड्काले राजीनामा दिएका छन्। प्रतिनिधि सभाका सदस्य समेत रहेका खड्काले संसदीय मोर्चामा धेरै समयमा दिनुपर्ने भएकोले पार्टी संगठनलाई समय दिन नसक्ने भएकोले राजीनामा दिएको बताएका छन्।
आफ्नो राजीनामा स्वीकृत गर्नलाई केन्द्रीय सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले उक्त कुरा उल्लेख गरेका हुन्।
‘म हाल प्रतिनिधि सभा सदस्य रहेको र प्रतिनिधि सभाको गतिविधिमा संग्लन हुनुपर्ने भएका कारण काठमाडौंमै धेरै समय बिताउनु पर्ने अवस्था छ। जसकाकारण जिल्लको पार्टी संगठनलाइ चाहेर पनि पर्याप्त समय दिन सकिरेहको छैन,’ खड्काले देउवालाई बुझाएको राजीनामामा लेखेका छन्।
खड्का २०७८ असोजमा संखुवासभाको जिल्ला सभापतिका रुपमा निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।